punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल धनगढी आउदै

Chaupati
safha napa

नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा सरकार विरुद्ध विरोध सभाको आयोजना गर्ने भएको छ।

आइतबार नेकपाले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ गते हुने विरोध सभाबारे जानकारी दिएको छ।

सुदूरपश्चिम इन्चार्ज भीम रावलले विरोध सभालाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहल (प्रचण्ड) र माधवकुमार नेपालले सम्बोधन गर्ने जानकारी गराए । विरोध सभा धनगढीको खुलामञ्चमा आयोजना गरिने नेता रावलले बताए ।

सभालाई पार्टीका अन्य नेताहरुले पनि सम्बोधन गर्ने भएपनि नाम टुंगो लाग्न बाँकी रहेको बताए ।

प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमद विरुद्ध सभा आयोजना गर्न लागेको इन्चार्ज रावलले जानकारी गराए ।


११ माघ २०७७, आइतवार १४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु