संसद विघटनको विरोध गर्नेहरुनै संविधान विरोधी : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।
राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले आफूले देशमा स्थिरता कायम गर्नका लागि संसद भंग गरेपन यसको विरोध गर्नुको कुनै तुक नरहेको बताए ।
‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्,’ उनले भने, ‘यसका विरोधीहरुनै संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’
११ माघ २०७७, आइतवार १५:१२ बजे प्रकाशित































