punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा १९ वर्षीया किशोरी बन्दैछिन् एक दिनका लागि मुख्यमन्त्री

Chaupati
safha napa

भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ।

राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई राष्ट्रिय बालिका दिवसका अवसरमा मुख्यमन्त्री बनाउन लागिएको हो।

उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार गोस्वामी आज ९आइतबार० एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुनेछिन्‌।

​मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिने बताइएको छ।

विश्वमा निश्चित वर्ग र समूहको उत्थान र सम्वर्द्धन गर्न भन्दै बेलाबखत ती समूदायका प्रतिनिधिहरूलाई यसरी केही समयका लागि राज्यको उच्च तहमा नियुक्त गर्ने गरिएको छ।


११ माघ २०७७, आइतवार १०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु