punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कारको आरोपमा वडाध्यक्ष बोहरा पक्राउ

Chaupati
safha napa

जबरजस्तीकरणीको आरोप्मा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडाध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए ।

रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ । बोहरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् ।

मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ ।

अदालतबाट म्याद लिएर बोहरामाथि अनुसन्धान गरिने डिएसपी कँडेलले बताए ।


११ माघ २०७७, आइतवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु