आज सुनको मुल्य घट्यो कति छ बजारमा मूल्य ?
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैंयाले घटेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य भने प्रतितोला ९२ हजार १०० रुपैंया कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने यथावत रहेको छ । नेपाली बजारमा चाँदी मुल्य प्रतितोला १२ सय ६० रुपैंया कायम भएको छ ।
११ माघ २०७७, आइतवार ११:१४ बजे प्रकाशित































