जेसीआई धनगढी लेडीको शाखा अध्यक्षमा श्रेष्ठ निर्विरोध
जेसीआई धनगढी लेडीको शाखा अध्यक्षमा निर्मला श्रेष्ठ चयन भएकी छन् । शाखाको ७औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन श्रेष्ठ वर्ष २०२१ का लागि अध्यक्ष चयन भएकी हुन् ।

समितिको कार्यबाहक उपाध्यक्षमा सरीता साउँद र सरस्वती खड्का उपाध्यक्षमा यशोदा जोशी, मेलीना क्षेत्री, मन्जु चन्द र लक्ष्मी ओझा चयन भएकी छन् ।
यस्तै, महासचिवमा स्वेता थापा र कोषाध्यक्षमा शुसीला निरउला चयन भएकी छन् । समितिको कानूनी सल्लाहकारमा मिना खातीलाई चयन गरिएको छ ।
१० माघ २०७७, शनिवार १९:२८ बजे प्रकाशित































