दार्चुलाबाट सुत्केरीको हवाई उद्धार
नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ।
अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो।
जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।
उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको बताए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो।
१० माघ २०७७, शनिवार १९:०१ बजे प्रकाशित































