punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्रीलाई आलेको व्यंग्य : ‘पदमुक्त भएपनि रोजगारी दिन्छौं, फेरि चौकीदारी गर्न जानपर्दैन’

Chaupati
safha napa

वन तथा वातावरण मन्त्री एवं नेकपा ओली समूहका केन्द्रीय सदस्य प्रेम आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पदमुक्त भएपछि चौकीदारी गर्न भारत जान नपर्ने भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीलाई फेरि चौकीदारी गर्न भारत जान नपर्ने बताएका हुन् । उनले मुख्यमन्त्रीको कार्यकाल धेरै नभएको भन्दै पदमुक्त भएपछि सरकारले नेपालमै रोजगारी दिने बताए ।

‘मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यकाल अब धेरै छैन,’ उनले भने, ‘तर, चिन्ता नगर्नुहोस्, तपाई पदमुक्त भएपछि फेरि चौकीदारी गर्न भारत जानु पर्नेछैन । सरकारले नै राजगारी दिन्छौं ।’ चुनाव जिताएर मुख्यमन्त्री बनाए पनि भट्टले केही काम गर्न नसकेको उनले आरोप लगाए । अब चुनाव जितेर देखाउनसमेत मुख्यमन्त्रीलाई उनले चुनौती दिएका छन् ।

मुख्यमन्त्री भएपछि जनतालाई चौकीदारी गर्न भारत जान नपर्ने भनेका मुख्यमन्त्रीले अहिलेसम्म रोजगारीका लागि केही गर्न नसकेकोसमेत उनले बताए ।

मुख्यमन्त्री भट्टमा राजनीतिक संस्कारसमेत नभएको मन्त्री आलेले बताए। देशको प्रधानमन्त्री आफ्नो प्रदेशमा आउँदा मुख्यमन्त्री भट्टले स्वागतसमेत नगरेको भन्दै उनले आक्रोश पोखे ।


२४ पुस २०७७, शुक्रवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु