punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा किसानलाई सहुलियत : वार्षिक १ प्रतिशत ब्याजदरमा कृषि कर्जा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा अब उद्यम गर्न चाहने कृषकहरुलाई वार्षिक १ प्रतिशत ब्याजदरमा पचास लाख रुपैयाँँसम्म ऋण दिइने भएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका कृषि उद्यमीले अब कृषि सम्बन्धी उद्यम गर्न चाहेमा पुँजी अभावको कारण रोकिनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

यसरी ऋण लिएर उद्यम गर्नेहरुमा व्यक्ति, फर्म वा कम्पनी जोसुकै पनि हुन सक्छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेकालागि प्रदेश सरकारले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था भएको मन्तव्य सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनुभएको थियो ।

अब सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेहरुका लागि कृषि विकास बैंक लिमिटेड मार्फत ९ वटा जिल्लाका २५ वटा शाखाहरुबाट १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी कृषि विकास बैंक र मन्त्रालयबीच समझदारी भएको छ ।

मुख्यमन्त्री भट्टले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य सहित ल्याइएको यो अवसरको सदुपयोग गरी सुदूरपश्चिममा कृषिमा क्रान्ति ल्याउन समेत सबै सुदूरपश्चिमबासीलाई अनुरोध गर्नुभयो ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका तथा पुनः विदेश जान सम्भव नभई स्वदेशमा नै केही गर्न चाहनेहरुकालागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर कृषि क्षेत्रमा युवालाई प्रोत्साहन गर्न प्रदेश सरकारले सुरुवात गरेको यो काम सह्रानीय भएको सरोकारवालाहरुले बताएका छन् । सस्तो ब्याजदरमा ऋण लिएर गाउँ घरमै युवालाई स्वरोजगार बनाउन यो कार्यक्रमले ठूलो भूमिका खेल्ने उनीहरुको भनाई छ ।

सो समझदारीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकोतर्फबाट सचिव किशनलाल भट्ट र बैंकको तर्फबाट सुदूरपश्चिम प्रदेशका निर्देशक गोकुल प्रसाद पनेरुले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी एवं बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायका साथै बैंकका विभागीय प्रमुख बाबुकाजी थापाको समेत उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै आम्दानी बढाउन यस्ता कार्यक्रम सफल रहने अपेक्षा बैंकका प्रमुख कार्यकारी अधिकृतले राख्नु भएको थियो । उहाँले ग्रामिण अर्थतन्त्रलाई माथि उकास्दै कृषि क्षेत्रको अगुवा बैंकको रुपमा रहेको कृषि विकास बैंकले यो कार्यक्रममार्फत रोजगारी सिर्जनामा समेत भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।


२४ पुस २०७७, शुक्रवार २०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु