punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड-नेपाललाई ओलीको चुनौति : ‘आगामी चुनावमा १० सिट ल्याएर देखाउनुस्’

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई आगामी चुनावमा कम्तीमा १० सिट जितेर देखाउन चुनौति दिएका छन् ।

शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मध्यावती चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका हुन् । ‘पद लिने नाममा पार्टी फुटाएर गए,’ उननले भने, ‘अब आगामी चुनावमा दुई अंकमा हुनेगरि अर्थात १० सिट ल्याएर देखाउनुहोस् ।’

उनले नुहाउने बेला दुई चार केस झरेर जाँदा केही फरक नपर्ने दाबीसमेत गरे । ‘तीन करोड नेपालमा दुई सय ६५ कि कति जना अलग गएरे भन्छन्,’ उनले भने, ‘यो नुहाउने बेला दुई चार केस झरे सरह हो, केही फरक पर्दैन ।’

पद पाएनौ भनेर पार्टी फुटाउनेहरु अहिले नाराबाजी गर्दै सडकमा गएको र आफू देश बनाउने पक्षमा लागेको ओलीले बताए ।


२४ पुस २०७७, शुक्रवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु