punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद विघटनका बिरुद्ध कांग्रेसको ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

Chaupati
safha napa

संसद विघटनका बिरुद्ध सडक आन्दोलनमा जाने निश्कर्ष निकालेको नेपाली कांग्रेसले शनिबार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध प्रदर्शन गर्ने जनकारी गराएको
छ ।

विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ (ख) बुढानिलकण्ठ जाने छन । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा आयोजना हुने विरोध सभामा जाने भएका छन् । प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को (क) र (ख) दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हने उनले बताए ।

यसैगरी क्षेत्र नम्बर ४ को दुबै निर्वाचन क्षेत्रमा नेता गगन थापाले कपन, ह्याण्डबल मैदानमा सम्बोधन गर्ने छन् भने निर्वाचन क्षेत्र नम्बर ५ को दुबै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्बोधन गर्ने छन । थापा त्यहाँबाट नुवाकोटमा हुने विरोध सभामा समेत सहभागी हुन जानेछन् ।

यसैगरी काठमाडौं ६ को प्रदेश (क) मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, सो क्षेत्र सांसद भीमसेनदास प्रधान र कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ पनि सहभागी हुनेछन् । सो क्षेत्रको कार्यक्रम कार्यक्रम प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुनेछ । काठमाडौं ६ को (ख) प्रदेश सभामा नेतृ डा डिला संग्रौलाले सम्बोधन गर्ने उनले जानकारी गराए।

यसैगरी क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नविन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुबै प्रदेश सभाको क्षेत्रमा नेता ध्यानगोबिन्द रञ्जितले नेतृत्वले सम्बोधन गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिने भएका छन् ।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रिय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबै भन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निणर्य गरेको नेपाली काँग्रेशको कार्यालयले जानकारी गराए ।

जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ । काठमाडौंमा हुने कार्यक्रम १२ बजे देखि २ बजेसम्म आ – आफ्ना अनुकुल हुने गरी संचालन गरिने काठमाडौं कांग्रेसका सभापति बानियाँले बताए ।


२४ पुस २०७७, शुक्रवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु