punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेविसंघद्वारा उल्टो हिँडेर संसद विघटनको विरोध प्रदर्शन

Chaupati
safha napa

नेविसंघद्वारा उल्टो हिँडेर संसद विघटनको बिरुद्ध विरोध प्रर्दशन गरेको छ ।

माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म पुगेर संसद विघटनको बिरुद्ध विरोध प्रर्दशन गरेको हो । उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाएका हुन ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायतका नेता सहभागी भएका थ्एि । नेविसंघकी नेतृ एलिजा ढकालले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको जनाइन ।

उनले संविधान मिचेर तपाईं उल्टो बाटोमा हिँड्दै हुनुहुन्छ सच्चिनुस् भनेर दबाब दिनकालाई उल्टो हिँडेर विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् ।

ओलीको यो कदमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै विभाजन भएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य दल र नागरिक समाजले विरोध जनाइरहेका छन् । हाल संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीनमा रहेको छ ।


२४ पुस २०७७, शुक्रवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु