punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रम्प समर्थकको आक्रमणबाट घाइते प्रहरीको मृत्यु

Chaupati
safha napa

अमेरिकी संसद भवनभित्र बुधवार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको प्रहरीले बताए ।

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको हिजो बिहीवार राति ज्यान गएको जानकारी दिएको छ । भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ । एजेन्सी सहयोगमा


२४ पुस २०७७, शुक्रवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु