punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रमले सम्बोधन गर्ने कार्यक्रमका लागि कार्यकर्ता लिन गएका बसहरु रित्तै फिर्ता

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने धनगढीको सभाका लागि नेता तथा कार्यकर्ता लिन ग्रामिण क्षेत्रमा पुगेका बसहरु रित्तै धनगढी फिर्ता भएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि विभाजि नेकपामा आफ्नो छुट्टै धारको नेतृत्व गरिरहेका ओली सभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन् ।

ओली सहभागी हुने कार्यक्रमका लागि नेता, कार्यकर्ता तथा सर्वसाधारण ल्याउन भनेर कैलालीको हसुलिएका गएका बसहरु भने रित्तै फर्किएका छन् ।

धनगढीको सभामा सहभागी हुन कोही पनि नआएपछि हसुलिया गएका ४ वटा बसहरु रित्तै धनगढी फर्किएका हुन् ।

धनगढीको खुलामञ्चमा आयोजित कार्यक्रममा ५० हजार बढी जनताको सहभागीता हुने नेकपा (ओली समूह)का नेताहरुको दाबी रहेको थियो ।


२४ पुस २०७७, शुक्रवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु