punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पोर्चुगलमा एक जना नेपालीको मृत्यु

Chaupati
safha napa

पोर्चुगलको राजधानी लिस्बनमा बझाङका एक नेपालीको मृत्यु भएको छ ।

पोर्चुगलाई कर्मथलो बनाउँदै आएका बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरको शुक्रबार नेपाल आउने तयारीमा रहेको अवस्थामा फेसबुकमा मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो ।

एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ । त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगल रहनुभएकी तारादेवी परियारको निधन भएको छ ।

आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अङ्ग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ ।


२४ पुस २०७७, शुक्रवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु