punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटनलाई नमूना सहर बनाउने योजना अलपत्र : ५ प्रतिशत मात्रै प्रगती

Chaupati
safha napa

बैतडीको पाटनलाई नमूना सहर बनाउने योजना अलपत्र परको छ । १० बर्ष अघि देशका १० ओटा शहरलाई नमूना शहर बनाउने घोषणा भएसंगै बैतडीको पाटनमा पनि नयाँ शहरमा परेको थियो । पाटनलाई नमूना शहर बनाउने घोषणा भएसंगै खुसी भएका यहाँका स्थानीय पछिल्लो समयमा निराश हुँदै गएका छन् ।

पाटन नयाँ शहर अन्तर्गत स्थानीयहरुको जग्गा एकीकरण गरेर प्लटिङ गर्ने कार्ययोजना समेत रहेको छ । स्थानीयहरुको सहमति नहुँदा सो कार्यमा केही पनि प्रगति नभएको पाटन नयाँ शहर आयोजनाका निमित्त प्रमुख अजय आचार्यले जानकारी गराए ।

यसैगरी पाटन नयाँ शहर आयोजनामा बजेट पनि प्रत्येक बर्ष कम आउने गरेको उनले जानकारी गराए । पाटनलाई व्यवस्थित शहर बनाइ कम्तीमा एक लाख मानिसको बसोबास गराउने उद्देश्य रहेको भएपनि ल्याण्ड पोलिङको काम नै अघि बढ्न सकेको छैन् ।

जग्गा एकीकरणको काममा स्थानीयहरुले सहमति जनाएका छैनन् । यसैगरी आयोजना कहिले प्रदेश र कहिले संघीय सरकार मातहत रहेकाले पनि खासै काम हुन नसकेको आचार्यले जानकारी गराए। पाटन नयाँ शहरमा अहिले सम्म ५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नयाँ शहर घोषणा भएयता १२ करोडको हाराहारीमा मात्रै खर्च भएको उनले जानकारी गराए ।


२४ पुस २०७७, शुक्रवार १३:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु