punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

Chaupati
safha napa

डोटीको आदर्श गाउँपालिकावडा नम्बर १ मा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्।

भालुको आक्रमणबाट गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी गराए।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ।

भालुले घाइतेहरुको टाउको र गर्धनमा गहिरो चोट पु¥याएको अस्पतालका डा ललित लिम्बूले बताए। जिल्लामा खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने गरेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।

आक्रमण गर्ने भालु अहिले पनि गाउँमै भएका कारण यहाँका स्थानीयवासीले भालुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।


२४ पुस २०७७, शुक्रवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु