punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालीमाथि गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न भट्टको माग

Chaupati
safha napa

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षा फौजलाई कारबाही गर्न माग गरेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नपास्थित बैलबन्धको नेपाल–भारत सीमामा भारतीय सुरक्षा फौजले सोमबार साँझ १६ वर्षीय नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको थियो। घाइते लुहारको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनालाई निन्दनीय भन्दै नेकपा (दाहाल–नेपाल समूह) का नेता भट्टले सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको माग गरेका हुन्।

घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।

यसैगरी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि घटनाको विरोध गरेका छन्। जिल्लाका नागरिक अगुवाले पनि घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

 


२१ पुस २०७७, मंगलवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु