आज अधिकांश ठाउँमा हिमपातको सम्भावना, चिसो बढ्ने

हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

हिमपात र वर्षाका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रदेश २ मा भने आज वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।


२१ पुस २०७७, मंगलवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु