भीरबाट लडेर डोटीमा एक जनाको मृत्यु
भीरबाट लडेर डोटीमा एकजनाको मृत्यु भएको छ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ वाडीका ६० वर्षीय काले भुलको भीरबाट लडेर मृत्यु भएको हो।
आइतबार दिउँसो गोरु गोठालो गएका उनी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी कार्य गरेका थिए। सोमबार बिहान उनको शव घरबाट २ किलोमिटर टाढा भेटिएको स्थानीयले जनाएका छन्।
भुल जौपुल्ले भीरबाट लडेर मृत अवस्थामा भेटिएको स्थानीय नारद नेपालीले बताए।
२० पुस २०७७, सोमवार १५:१५ बजे प्रकाशित































