सुदूरपश्चिम प्रदेशमा ३२ जनामा कोरोना संक्रमण
सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप सुदूरपश्चिम प्रदेशमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १५८ नमुनाको परीक्षण गर्दा धनगढीका २३ सहित ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कैलालीको धनगढीका २३, लम्कीचुहाका ३,गोदावरीका २ र घोडाघोडीका १ जना गरी कैलालीका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै कञ्चनपुर,डोटी र दार्चुलाका १,१ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
२० पुस २०७७, सोमवार १५:०७ बजे प्रकाशित































