ढुंगा लागेर अछाममा एक महिलाको मृत्यु
ढुंगा लागेर अछाममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १३ की ५३ वर्षीया विशुदेवि ढुंगानाको मृत्यु भएको हो ।
जंगलमा घास काट्ने क्रममा भीरबाट खसेको ढुङगा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको आफन्तले जानकारी गराए।
उनकी बुहारी चन्द्रीका ढुंगानाले भारत्या वनमा घाँस काट्न गएकी विशुुको शरिरको बिच भागमा ढुंगा लागेको जानकारी गराइन ।
२० पुस २०७७, सोमवार १६:१४ बजे प्रकाशित































