punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ सय ८४ जनाको नमूना परीक्षण गर्दा कैलालीका ३९ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार धनगढी उप–महानगरपालिकाकामा मात्रै३४ जनामा संक्रमण देखिएको छ ।

यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाका चार जना र गौरीगंगा नगरपालिकाका एक जनामा समेत संक्रमण पुष्टि भएको छ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका र डोटीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।


१५ पुस २०७७, बुधवार १५:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु