punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय कमेडियन श्रीवास्तवलाई ज्यान मार्ने धम्की, मागे सुरक्षा

Chaupati
safha napa

भारती चर्चित कमेडियन राजु श्रीवास्तवलाई ज्यान मार्ने धम्की आएको छ। उत्तर प्रदेश फिल्म विकास परिषद्का प्रमुखसमेत रहेका श्रीवास्तवलाई अज्ञात समूहले फोन गरेर ज्यान मार्ने धम्की दिएको हो।

उनीसँगै उनका सल्लाहकार सक्सेना तथा पीआरओ गर्वित नारंगलाई पनि धम्की आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धम्की आएपछि राजुले गृहमन्त्री अमित शाहलाई सुरक्षा प्रदान गर्न माग गरेका छन्। फोनमार्फत उनका बच्चालाई मारिदिने तथा लखनऊका कमलेश तिवारीको जस्तो हालत बनाइदिने धम्की आएको उनले बताएका छन्।

हिन्द्र समाज पार्टीका नेता कमलेशको १८ अक्टोबर २०१९ मा लखनऊमा हत्या गरिएको थियो। उनीमाथि चक्कु प्रहार गर्नुका साथै गोलीसमेत हानिएको थियो। करिब सात वर्ष अगाडि पनि उनीमाथि ज्यान मार्ने धम्की आएको थियो। त्यो बेला कराची तथा दुबईबाट फोनमार्फत धम्की आएको थियो।

राजुले हालै एक भिडिओ सार्वजनिक गरेका थिए। जसमा उनले उत्तर प्रदेशमा हुने अवैध निर्माण तथा भारतले पाकिस्तानमाथि गरिरहेको दमनका विपयमा बोलेका थिए।

यही कारण उनीसँगै श्रीमती तथा बच्चाहरूलाई समेत मार्ने धम्की आएको हुनसक्ने बताइएको छ। कमेडीबाट आफ्नो करिअरको सुरुवात गरेका राजुले थुप्रै चलचित्रमासमेत काम गरिसकेका छन्।


१५ पुस २०७७, बुधवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु