punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन

Chaupati
safha napa

कोरोना संक्रमणबाट ज्यान गुमाएका धनगढीका एक पुरुषको शव व्यवस्थापन गरिएको छ।

नेपाली सेनाको टोलीले धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको शव गोदावरी नगरपालिका–२ स्थित आर्यघाटमा व्यवस्थापन गरेको हो । उनको शव धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो।

संक्रमित पुरुषको आजै विहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।


१५ पुस २०७७, बुधवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु