कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते

कैलालीमा कारले मोटरसाइकललाई ठक्कर दिदा एकजना घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरमा सुपप्र ०१००८ प १०८३ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिदा चालक सोही ठाउँका ४७ वर्षीय सालिभान धामी घाइते भएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते धामीको दाया खुट्टा भाचिएको छ भने टाउको, निधार र छातीमा चोट लागेको जनाएको छ ।

अवस्था मध्यम रहेका उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कारसहित चालक फरार भएपछि चालकको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।


१५ पुस २०७७, बुधवार १०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु