अवैध प्लास्टिक र कुखुरा बरामद

भारतबाट अवैध तरिकाले भित्र्याइएको प्लास्टिक र कुखुरालाई प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्टको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा ६० हजार रुपैयाँ बराबरको अवैध कुखुरा र प्लास्टिकलाई बरामद गरेको हो ।

कञ्चनपुर भन्सार कार्यालयमा प्लास्टिक र कुखुरा पशु क्वारेन्टाईनमा बुझाएर नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।


१५ पुस २०७७, बुधवार १०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु