धनगढीमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु

धनगढीमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

बुधवार बिहान धनगढी ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी गराए ।

पुस ९ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए ।


१५ पुस २०७७, बुधवार १०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु