punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियाबाट चितुवाको छाला र हड्डी सहित ३ युवक पक्राउ

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार बिहान अत्तरिया बजारमा चितुवाको छाला र हड्डी कारोबार भईरहेको भन्ने सुचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिप्रका कैलाली बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनिहरुलाई अत्तरियामा रहेको मिट प्वाईन्ट होटलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालीका वडा नम्बर ४ बस्ने बर्ष ३१ को किरन पुन, सोही जिल्ला कै आदर्श गाउँपालीका वडा नम्बर ५ लामीखाल बस्ने बर्ष ३५ को बिर बहादुर धामी र सोही ठाउँका बर्ष २२ को योगेन्द्र धामी रहेको प्रहरीले जनाएको छ ।

पुनलाई चितुवाको छाला १ थान , हड्डी २ थान फेलापारी बरामद गरी अनुसन्धानको क्रममा घटना संलग्न अन्य दुई जनालाई समेत पक्राउ गरी आवश्यक कारबाही लागी चितुवा छाला, हड्डी र मानिसहरु आजै डिभिजन वन कार्यालय धनगढी कैलालीमा पठाईएको ।

 


१० पुस २०७७, शुक्रवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु