punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको मौसम बदली हुने, काठमाडौंमा आज यस वर्षकै चिसो

Chaupati
safha napa

अहिले तराईका भू–भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी स्थानको  मौसम सफा रहेको छ।

आज सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिक बदली हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी एकरदुई स्थानमा हिमपात हुने सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै आज काठमाडौं उपत्यकामा आज यस वर्षकै धेरै चिसो भएको जल तथा महाशाखाले जनाएको छ ।

महाशाखाकाका अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको हो। यसअघि पुष ३ मा उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो।

मौसम सफा भएर आकाश खुलेको कारण चिसो बढेको महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन्। उपत्यकाको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।


११ पुस २०७७, शनिवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु