पुस १३ गते देशैभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले पुस १३ गते संसद विघटनविरुद्ध देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने काम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यही पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन ।
९ पुस २०७७, बिहीवार १६:४२ बजे प्रकाशित































