प्रचण्ड–माधव समूहद्वारा पुस १४ गते देशभर प्रदर्शन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा प्रदर्शन गर्ने निर्णय गरेको हो । काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने प्रचण्ड–माधव समूहको निर्णय छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देशव्यापी प्रदर्शन रुपमा पुस १४ गते हुने जानकारी गराए।आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक गर्ने बैठकको निर्णय छ।
९ पुस २०७७, बिहीवार १६:५७ बजे प्रकाशित































