punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्राफिक प्रहरी कार्यालयमा डिजिटल सूचना बोर्ड स्थापना

Chaupati
safha napa

ट्राफिक जनचेतना मुलक सामाग्रीहरु प्रचार प्रसार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा डिजिटल सुचना बोर्ड सञ्चालन गरेको छ । ट्राफिक जनचेतना मुलक सामाग्रीहरु प्रचार प्रसार गर्न र ट्राफिक नियम तथा संकेत सम्बन्धी नागरिकामा जनचेतना अभिबृद्धि गर्नको लागि डिजिटल सुचना बोर्ड सञ्चालन गरेको हो ।

सिद्धार्थ बैङ्क शाखा कार्यालय धनगढीको सहयोगमा उक्त बोर्ड ट्राफिक प्रहरी कार्यालय धनगढीलाई हस्तान्तरण गरिएको हो । बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारीले उक्त सुचना बोर्ड प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमलाई हस्तान्तरण गरेका हुन ।

उक्त डिजिटल बोर्डले बर्तमान समयमा बढ्दै गएको सवारी चाँपले ट्राफिक नियमको उलंघन हुने घटना, सवारी दुर्घटना न्युनिकरण तथा रोकथामको साथ साथै ट्राफिक नियम सम्बन्धी नागरिकमा जनचेतना अभिबृद्धी गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय कैलालीले अपेक्षा गरेका छन ।


९ पुस २०७७, बिहीवार १६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु