संसद पुनर्स्थापना हुनुपर्छ : नेता केसी
Rastriya Janamorcha Chairman Chitra Bahadur KC speaks at an interaction in Kathmandu, on Friday, August 5, 2016. Photo: Reporters' Club
प्रधानमन्त्री ओलीले संसदको भरमा संसद विधटन गरेको भन्दै संसद पुनःस्थापनाको माग राष्ट्रिय जनमोर्चाका अध्यक्ष ÷नेता चित्रबहादुर केसीले गरेका छन् ।
रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै संसद पुनःस्थापनाको माग नेता केसी
गरेका हुन् ।
संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको ध्यान त्यता तिर गएको जानकारी गराउदै उनले संसद पुनर्स्थापनाको पक्षमा फैसला सुनाउनु पर्नेमा जोड दिएका हुन । सडकबाट पनि संसद स्थापना भएको इतिहासको स्मरण गर्दै संसद पुनरस्थापना बाहेक अर्को विकल्प नभएको उनले जानकारी दिए ।
अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भइरहेका बेला प्रधानमन्त्रीको निर्णयले त्यस्ता शक्तिहरूलाई बाटो खोलिदिएको दाबी गरे ।
९ पुस २०७७, बिहीवार १५:२६ बजे प्रकाशित































