punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

श्वासप्रश्वास र सुगर सम्बन्धी समस्या रहेकी उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। मृतक मंसिर २२ गते अस्पताल भर्ना भएकी थिइन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।


२८ मंसिर २०७७, आइतवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु