देशभर थप ८३० जनामा कोरोना संक्रमण, १५०० डिस्चार्ज

नेपालमा आज थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै हिजो नेपालमा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


२८ मंसिर २०७७, आइतवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु