लागुऔषध कारोबारमा दुई युवतीसहित पाँच जना पक्राउ
कैलालीको लम्कीचुहाबाट लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
नगरपालिकाको वडा नं. १ थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँमा २७ वर्षका खगेन्द्र जैशी, वर्ष २५ का सन्देश खत्री, जानकी गाउँपालिका वडा नं.९ वर्ष २७ का प्रकाश साउँद , जानकी गाउपालिका वडा नं.३ वर्ष १९ की सबिना चौधरी र बर्दिया गुलरिया वर्ष १७ की मुस्कान बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मोतीपुरकाअनुसार आइतबार बिहान ७ बजेको लागु औषध कारोवार गरिरहेको गोप्य सुचनाका आधारामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीका प्रमुख भरत शाहाले जानकारी दिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा लम्किचुहा १ थकालिपुर सी टोलको एउटा घरको चौथो तलामा फेला पारी घर खानतलासी गर्दा उक्त परिमाणको खैरो हिरोइन, ११ हजार नगद ५ थान मोवाइल, दुई वटा मोटरसाइकल, गर्भनिरोधक अस्थाई साधनलगायत पनि बरामद गरेको छ । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२८ मंसिर २०७७, आइतवार १५:०६ बजे प्रकाशित













