मोटरसाईकलले ठक्कर दिँदा कंचनपुरमा २ जना घाइते
मोटरसाईकलले ठक्कर दिँदा कंचनपुरमा २ जना घाइते भएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका भीम वस्तीस्थित मोटरसाईकलको ठक्करबाट पैदल यात्री सोही ठाउँका २७ वर्षीय हिमाल गुरुङ घाइते भएका हुन । गुरुङको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उनको टाउको र हातमा चोट लागेको र मोटरसाईकल चालक अमरबस्ति बस्ने रबिन बस्नेत पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ।
१७ मंसिर २०७७, बुधवार ११:४९ बजे प्रकाशित































