बर्दादेवी टुर एण्ड ट्राभल्सका ४ जना पक्राउ

भारत जाने यात्रुलाई ठग्दै दुःख दिने धनगढीको बर्दादेवी टुर एण्ड ट्राभल्सका पदाधिकारी सहितका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढीबाट आरामदायी र सुरक्षित यात्रा गराउँने भन्दै टिकट काटेर भारतमा यात्रुलाई अलपत्र छाड्ने गरेको गुनासोपछि बर्दादेवी टुर एण्ड ट्राभल्सका पदाकिारी सहितका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मंगलबार पदाधिकारी र कर्मचारी समेत गरी उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए।

चारैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्दादेवी टुर एण्ड ट्राभल्सले धनगढीबाट भारत जाने यात्रु लगेर बीचबाटामै अलपत्र छाड्ने गुनासो बढ्दो छ।

सोमबार समेत धनगढीबाट बर्दादेवी टुर एण्ड ट्राभल्सबाट टिकट लिएका १ सय ३० यात्रुलाई पलियामा अलपत्र छाडेको थियो।
स्थानीय प्रशासनले भने यात्रुलाई दुःख दिने ट्राभल एजेन्सी सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन वेवास्ता गर्दै आरोप यात्रुहरुले लगाएका छन्।


१७ मंसिर २०७७, बुधवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु