punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजार नपाएपछि किसानले क्यामोमाइल खेती गर्न छाडे, गहुँ खेती गरे

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकावडा नम्बर ८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छोडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती गरेकी छैनन् । खेतमा साउदले गहुँ छरेकी छन् ।

“क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या रहेको उनले बताए ।“बिचौलियामार्फत पाइएका व्यापारीले थोरै मूल्यमा तेल खरिद गर्दा निकै समस्या भएको उनले बताए । खेती गर्दादेखि तेल प्रशोधन गर्दासम्मको लागत खर्चसमेत नउठ्ने भएपछि खेती गर्न छाडेको उनले बताए ।

तीन वर्षदेखि क्यामोमाइल खेती गर्दै आएकी उनले प्रतिवर्ष क्यामोमाइलको तेल बिक्री गरेर ४० हजार जति आम्दानी लिँदै आएकी छन् । बिचौलियाले रु ५५ हजार प्रतिलिटरमा बिक्री हँुदै आएको तेलको मूल्य घटाएर रु २५ हजार पुर्याएपछि उहाँजस्तै गाउँका अधिकांश किसानले क्यामोमाइलको खेती गर्न छाडेका हुन ।

तीन जना किसानबाट शुरु गरेको क्यामोमाइल खेती गर्ने किसानको सङ्ख्या तीन वर्षको अवधिमै ७० पुगेको थियो । हाल सो खेती गर्ने किसानको सङ्ख्या शून्यमा झरेको छ । “जङ्गली जनावरले नखाने, थोरै मेहनत गरे पुग्ने र सिँचाइमा अन्नबालीभन्दा गतिलो आम्दानी हुने भएपछि परिवारको खर्च धान्नका लागि वैदेशिक रोजगारीमा जाने युवाले गाउँमै रोजगारी पाएका थिए”, प्रगति महिला जडीबुटी व्यवस्थापन समितिका सचिव हर्कबहादुर ऐरले नसोचेको आम्दानी क्यामोमाइल खेतीबाट हुन थालेपछि युवा खेतीमा संलग्न हुन थालेका थिए । परिवारको खर्च सहजै क्यामोमाइल खेतीले धानेको थियो ।”

बजार नै नपाइएपछि किसानले खेती गर्न छाडेका छन् । क्यामोमाइललगायतको जडीबुटीमा संलग्न भएका युवा रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । पहिलो वर्ष क्यामोमाइलको प्रशोधित तेल प्रतिलिटर रु ४० हजारमा बिक्री भएकोमा दोस्रो वर्ष रु ५३ हजार र तेस्रो वर्ष रु २५ हजारमा बिक्री भएको छ । बजार मूल्यमा आएको उत्तारचढाव र बिचौलियाका कारण उत्पादित क्यामोमाइलको चार लिटर तेल बिक्री हुनसकेको छैन ।

“क्यामोमाइल रोप्ने अहिलेको समयमा किसानले कुनै सुरसार नै गरेका छैनन”, प्रगति महिला सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले भने, “क्यामोमाइल रोप्ने खेतमा गहुँ छरेका छन् । क्यामोमाइलको उत्पादित तेल बिक्री गर्नका लागि भरपर्दो बजार नपाउँदा किसानले यो खेती गर्न छाडेका छन् ।”

“क्यामोमाइल, मेन्था फ्रेन्चावेशील, लेमनग्रासलगायको जडीबुटी खेतीबाट आम्दानी लिन सकिने कुरा बुझाउनका लागि किसानलाई धेरै मेहेनत गर्यौँ” उनले निरास हुँदै भने, “क्यामोमाइलबाट किसानले राम्रै आम्दानी लिँदै आएका बेला प्रशोधित तेल बिक्री नहुने समस्याले किसानले खेती नै गर्न छाडेका उनले बताए ।”

उत्पादित तेल बिक्रीका लागि बजार नहँुदा निकै समस्या भएकाले बजारको खोजी गरी पुनःकिसानलाई जडीबुटीखेती तर्फ डो¥याउने प्रयासमा लाग्ने उनीले बताउँछन् । क्यमोमाइलसँगै बेलडाँडीका किसानले प्रगति महिला सामुदायिक वनबाट तीतेपाती९करिपत्ता०सङ्कलन गरी उद्योगमा प्रशोधन गरी तेल उत्पादन गर्दै आएका छन् । यो वर्ष तीतेपातीको तेल बिक्री नभएपछि सो सङ्कलनको कार्यसमेत बन्द भएको उनले बताए ।

यस क्षेत्रका किसानले मेन्था खेती भने गरेका छन् । बेलडाँडीका २८ परिवारले मेन्थाको खेती गर्दै आएका छन् । प्रतिवर्ष मेन्थाबाट ४० लिटर तेल उत्पादन हुँदै आएको छ । यसको बजार मूल्य प्रतिलिटर रु २ हजार ४०० छ । प्रगति महिला सामुदायिक वन र दातृ निकायको सहयोगमा जडीबुटी प्रशोधनका लागि दुईवटा प्लान्ट जडान गरिएका छन् ।

एउटा प्लान्ट निड्स नामक गैरसरकारी संस्थाले रु ५ लाख २० हजारको लगानीमा र अर्को प्लान्ट सोहीअनुसारको लगानीमा सामुदायिक वनले जडान गरेको छ । जडीबुटी उद्योगका छाना र छहारी घरसमेत सामुदायिक वनले बनाएको छ । जडीबुटी प्रशोधनको काम बन्द भएपछि उद्योगमा कार्यरत आधा दर्जनभन्दा बढी व्यक्तिको रोजगारीसमेत गुमेको छ । जिल्लामा प्रतिवर्ष क्यामोमाइलको तेल २ सय ५१ लिटर उत्पादन हुने गरेको छ । यसको बजार मूल्य रु १ करोड २५ लाख ५० हजार रहेको छ ।

वेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी, बैतडा, महाकाली नगरपालिका, दोधारा चाँदनी, पुनर्वास वडा नम्बर ३ अमरबस्ती, शुक्लाफाँटा नगरपालिकाको बेलडाँडी, जुडा, कसरौलगायत क्षेत्रका किसानले क्यामोमाइल खेती गर्दै आएका हुन ।

क्यामोमाइलको प्रशोधित तेल व्यापारीले सस्तोमै खरिद गरी भारतीय बजारमा बढी मूल्यमा बिक्री गर्दै आएका छन् । यस वर्ष कोरोना भाइरसको महामारीका कारण उत्पादित तेलले बजार पाउन नसक्दा मूल्यमा कमी आएको तेल खरिदमा संलग्न व्यापारीले बताएका छन् । सुगन्धित प्रशोधित क्यामोमाइलको तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको, टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिद्रा, अमलपित्त, अल्सर, जीउ पोल्ने समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको व्यापारीले बताए।

क्यामोमाइलले पाचनशक्ति बढाउने र उत्तेजना बढाउने कार्यसमेत गर्दछ । एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइने गरेको छ । विभिन्न सौन्दर्य प्रशोधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको पाईन्छ ।
यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशोधन तथा औषधीय प्रयोजनका लागि प्रयोग हुने भएकाले यो आयमूलक वनस्पतिका रूपमा रहेको छ । क्यामोमाइलको प्रशोधित तेलको व्यापारिक नाम ‘ब्लुआइल’ रहेको छ ।


१७ मंसिर २०७७, बुधवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु