कञ्चनपुरमा घाँटीमा ढु‌ंगा अड्किँदा एक बालकको निधन

कञ्चनपुरमा घाँटीमा ढु‌ंगा अड्किँदा एक बालकको निधन भएको छ ।

मंगलबार राति जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको घाँटीमा ढुंगा अड्किँदा मृत्यु भएको छ । साहाकाको उपचारका क्रममा निनध भएको हो । उनी घर आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पताल पुर्‍याए पनि ढुंगा झिक्न सम्भव नभएपछि कैलालीको धनगढीतर्फ लगिएकोमा उपचारका क्रममै निनध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।


१० मंसिर २०७७, बुधवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु