punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जब कैलालीका डिएसपी चौधरी रातभर हराए…

Chaupati
safha napa

कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी मङ्गलबार राति सम्पर्कबिहीन बने । तर बुधबार बिहान सम्पर्कमा आए ।

अघिल्लो दिन राति ९ बजे सम्म सम्पर्कमै रहेका डिएसपी चौधरी सम्पर्क राति सम्पर्कविहीन भएपछि उनको खोजीका लागि प्रहरी रातारात तैनाथ भयो । कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा खटिएको टोलीले उनलाई रातभरि कतै भेट्न सकेन ।

तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलामा सकुसल फेला परे । डीएसपी चौधरीले भने सूचना संकलनका लागि आफू बुढीतोलासम्म पुगेको दाबी गरेका छन् । यद्यपी उनीसङ्ग अन्य प्रहरी अधिकृत भने गएका थिएनन्।

उनलाई त्यहाँ फेला पारेपछि प्रहरीले यसबारेमा अनुसन्धान गर्ने बताएको छ । स्रोतका अनुसार उनी बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन्।


१० मंसिर २०७७, बुधवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु