punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महोत्तरीमा झन तनाब, कर्फ्यू आदेश जारी

Chaupati
safha napa

महोत्तरीको बर्दिवासमा तनाब बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

उनका अनुसार अहिल बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको गरिएको हो। निषेधाज्ञा बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका कायम गरिएको छ।

मंगलबार बर्दिबासमा प्रर्दशन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएपछि स्थिति झन भड्किएको थियो। तिर्घामा गोली लागि घाइते बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपानेको बुधबार बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

न्यौपाने परिवारका अनुसार अत्याधिक रक्तश्रावका कारण उनको विहान १ बजे निधन भएको छ। महोत्तरीका प्रजिअ कटुवालले उपचारको क्रममा मृत्यु भएको बताएका छन्।

सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो।

सुरक्षाकर्मीको गोली लागेर घाइते भएका श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ। प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ।

बर्दिबास १४ की ६ वर्षीय बालिका गुलाब शाह खातुनको बलात्कारपछि निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलबार बर्दिबासमा भएको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली चलाएको थियो।


१० मंसिर २०७७, बुधवार १०:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु