कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु
कैलाली ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
मंगलवार राती गौरीगंगा नगरपालिकाको चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सुप प्र ०१०० नप ९७६ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राती साढे १० बजे सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय प्रेम चौधरी घाइते भएका छन्।
चौधरीको सेती अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।ट्रक र चालक, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ४१ वर्षीय पुष्कर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१० मंसिर २०७७, बुधवार १०:४३ बजे प्रकाशित































