punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिताबाट शव उठाएर पोस्टमार्टम गर्न फेरि अस्पताल

Chaupati
safha napa

टाउकाको शल्यक्रिया गर्दा मृत्यु भएका मोरङ केराबारी–९ बेलचौरीका विक्की ऋषिदेवको
अन्त्येष्टि गर्न सोमबार साँझ गाउँलेले चितामाथि शव राखे । त्यसपछि शवको कपडा खोल्दा उनको पेट काटेर पाँचवटा टाँका लगाएको देखियो ।

चिकित्सकले मानव अंग निकालेको उनीहरूले आशंका गरे । त्यसपछि उनको अन्त्येष्टि नगरी गाउँलेले पोस्टमार्टम गर्न राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए ।

विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार डा। प्रकाश काफ्लेसहितको चिकित्सक टोलीले ऋषिदेवको टाउकामा जमेको पानी निकाल्न शल्यक्रिया गरेको थियो । शनिबार दिउँसो उनको मृत्यु भएको अस्पतालले घोषणा गर्‍यो ।

गाउँलेको शंका हटाउन शवको अन्त्येष्टि नगरी पोस्टमार्टम गर्न पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । शल्यक्रियामा संलग्न डा। प्रकाश काफ्लेले भने टाउकामा जमेको पानी निकाल्न पेटमा प्वाल पार्नुपरेको बताएका छन् ।

टाउकामा जमेको पानी टाउकैबाट निकाल्न नमिल्ने भएकाले पेट काटिएको उनले बताए । उनले भेन्ट्री–कुलोपेरिटनियल सन्ट प्रविधिबाट पेटमा प्वाल पारेर पाइप हालेर टाउकामा पुर्‍याई टनेलिङ गरेर पानी निकाल्ने गरिएको बताए ।


१० मंसिर २०७७, बुधवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु