बझाङमा ३ लाख ५० हजार नगद सहित गरगहना चोरी
बझाङमा ३ लाख ५० हजार नगद सहित गरगहना चोरी भएको छ ।
जिल्लाको बुङ्गल नगरपालिका वडा नं २ रैसिल्लीको जयमल जाग्रीको घरबाट ३ लाख ५० हजार नगद सहित गरगहना चोरी भएको हो । शनिवार घरका सबै जना विहेमा गएको मौका छोपी गरी ३ लाख ५० हजार नगद र गरगहना चोरी भएको जयमल जाग्रीले बताए ।
उनले भने शनिवार साँझ ७ बजे तिर हामी सबै जना ढोकामा ताल्चा लगाएर भाईको विहेमा गएका थियौँ । घरमा कोहि नभएको मोकामा चोरले घरको ताल्चा फोडेर माथिल्लो तालामा रहेको बाकस सहित उठाएर लगेको बताए । बाकस सहित उठाएर लगेका चोरले बाकस २ सय ५० मिटर परको जंगलमा छोडेको थियो ।
केहि दिन अघिमात्र पैसा असुली गरेर घरमा राखेका थिए । चोरी गर्ने मान्छे टाढाको नभई गाँउकै हुन सक्ने प्रहरीले बताए । घरको बोरेमा सबै थाहा पाएको मानिसले मात्र यस्तो घटना गर्न सक्छन । नभए कस्को घरमा कुन ठाँउमा बाकस छ । पैसा कुन कुन ठाँउ बाट आयो भन्ने थाहा हुदैन । यस बारेमा सबै जानकारले मात्र चोरी गर्न सक्छने बताउदैं घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको जानकारी दिए।
८ मंसिर २०७७, सोमवार १२:०९ बजे प्रकाशित































