कति छ आज सुनचाँदीको मूल्य ?
बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि यथावत रहँदै प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
८ मंसिर २०७७, सोमवार ११:४२ बजे प्रकाशित













