punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका १८ सहित २३ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १८ सहित सुदूरपश्चि प्रदेशमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन सय ५१ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार कैलालीका १८ मध्ये धनगढी उपमहानगरपालिकाका ९ जनामा संक्रमण देखिएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ का तीन जना, वडा नम्बर ४ का दुई जना, वडा नम्बर ३, ५, ८ र १९ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कैलालीको लकीचुहा नगरपालिकाकामा पाँच जना, गोदावरी नगरपालिकाका दुई जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, बाँकी पाँच जनामध्ये कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, बेलौरी नगरपालिकाका एक जना र बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


४ मंसिर २०७७, बिहीवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु