प्रधानमन्त्री ओली पार्टी फुटाउने अन्तिम तयारीमा, नयाँ पार्टीको नाम के ?
सत्तारुढ दल नेकपामा भइरहेको बिवादकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने अन्तिम तयारी गरेको खुलेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमल्टारमा भएको सचिवलय सदस्यहरुको भेलामा प्रचण्डले यस्तो रहस्य खोलेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी फुटार अलग पार्टी बनाई अगाडि बढ्न प्रस्ताव गरेको प्रचण्डले उक्त भेलामा बताएका थिए । आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन्।
वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ९बादल० खुमलटार भेृलामा उपपिस्थत थिए। ९ सदस्यीय सचिवालयमा ६ जना सदस्य एकै ठाउँमा विरलै मात्र भेला हुन्छन्। प्रचण्डसँगै खनाल, नेपाल र श्रेष्ठ समय समयमा भेला भए पनि गौतम भने बेलाबेला यताउता गरिरहन्छन्। मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्ट भएसँगै गौतम प्रचण्डसँग नजिकिएका छन् । गृहमन्त्री थापा भने यस्ता भेलामा कमै जाने गरेका छन्।
यद्यपी थापाको प्रचण्डसँग भेट भइरहने र उनी प्रचण्डसँगै रहेको स्रोतको दावी छ। खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको खुमलटार भेलामा सहभागी एक नेताले बताए। ‘हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएछ। उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो। प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो। अब के गर्ने भनेर प्रचण्डले ब्रिफ गर्नुभयो,’ ती नेताले भने, ‘हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ। बैठक बस्नुपर्छ। स्थायी कमिटीको निर्णय मानेर गए भइहाल्छ, महाधिवेशनको तयारीमा जाने हो भन्यौ।’
यता प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व मागेको दावी गरेको छ। खुमलटार बैठकमा सहभागी ती नेताले भने प्रचण्डले सरकारको नेतृत्व नमागेको बताए। ‘हामी स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुनुपर्छ भनिरहेका छौं। तर प्रधानमन्त्रीका निकटस्थहरुले यस्तो हल्ला फैलाएका छन्,’ ती नेताले भने, ‘अहिले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने बेला हो। सरकार परिवर्तन गर्ने होइन।’
दुई अध्यक्षबीच शनिबार भेट भएको थियो। ११ दिनपछि भएको भेट समेत सकारात्मक हुन सकेको थिएन । कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषय सतहमा आएको भए पनि मुख्य कुरा मन्त्रिपरिषद्को नेतृत्व नै रहेको ती स्थायी कमिटी सदस्यले बताए। प्रचण्डले भने प्रधानमन्त्री दाबी नगरेको प्रचण्ड निकट स्रोतले बताएको छ।
पार्टीको नाम नेकपा (एमाले) प्रधानमन्त्री ओलीले फुटाएर बन्ने नयाँ पार्टीको नाम नेकपा (एमाले) राख्ने तयारी गरिएको छ । पार्टीको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवादलाई अंगिकार गर्ने गरी तयारी थालिएको श्रोतको दावि छ । केही महिना अघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा ९एमाले० लाई नै अगाडी बढाउन प्रधानमन्त्री राजी भएका छन । मोटिभेट न्यूज
२३ कात्तिक २०७७, आइतवार १५:०० बजे प्रकाशित













