punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुवा खालबाटै चार लाख रुपैयाँ चोर्ने तीन जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा जुवाडेलाई हतियार देखाएर चार लाख रुपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका वडा नम्बर ५ मा जुवाखालमा प्रवेश गर्दै हतियार देखाएर नगद र मोबाइल लुटेको आरोपमा कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नगद र मोबाइल लुट्ने वेदकोट नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पारसमणि जोशी, सोही वडा नम्बर १ का केदार भनिने केशव विष्ट र कृष्णपुर नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय दीपक भट्टलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार उनीहरुको साथबाट से ६ प २२६३ नम्बरको मोटरसाइकलसहित पेस्तोल, म्याग्जीन र २ राउण्ड गोली र दुई थान मोबाइलसमेत बरामद गरिएको बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए ।

लुटपाटमा संलग्न अन्य केही व्यक्तिहरु पनि फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।


२३ कात्तिक २०७७, आइतवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु